एजेन्सी, १४ जेठ । २० वर्षको जेल जीवनपछि जापानको रेड आर्मी लडाकु समूहका सह–संस्थापक रिहा भएकी छिन् । सन् १९७४ मा फ्रान्सेली दूतावास घेराउमा उनको भूमिकालाई लिएर सरकारले फुसाको शिगेनोबुलाई जेल सजाय तोकेको थियो ।

सन् २००० मा ओसाकामा पक्राउ पर्नुअघि ७६ वर्षीय शिगेनोबुल प्रहरीलाई छलेर दशकौंसम्म पक्राउबाट जोगिएकी थिइन् । उनको समूहले ‘हाइ प्रोफाइल’ आतङ्ककारी कार्यमार्फत विश्वव्यापी समाजवादी क्रान्तिलाई उक्साउने लक्ष्य राखेको थियो ।

समूहका कार्यकर्ताले शृङ्खलाबद्ध बन्धक बनाउने, अपहरण गर्ने र इजरायली विमानस्थलमा घातक हमला गरेको थिए । सन् १९७४ मा हेगस्थित फ्रान्सेली दूतावासमा भएको आक्रमणको लागि उनलाई २० वर्ष जल सजाय तोकिएको थियो ।

सो घटनामा रेड आर्मीका तीन जना लडाकुहरूले राजदूत र अन्य धेरैलाई १०० घण्टासम्म बन्धक बनाएका थिए ।