आइसिसी यु–१९ महिला विश्वकप छनोटका लागि नेपाली टोलीको घोषणा

काठमाडौं, १४ जेठ । आइसिसी यु–१९ महिला विश्वकप एसिया छनोटका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार कृतिका मरासनीको कप्तानीमा १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो ।
मलेसियामा आयोजना हुने छनोटको तालिका अनुसार नेपालले ३ जुनमा कतारविरुद्धको खेलबाट छनोटको सुरुवात गर्नेछ । छनोटमा नेपालसहित, मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार छन् ।
नेपालले दोस्रो खेल युएईविरुद्व ४ जुनमा खेल्दा ६ जुनमा भुटानसँग तेस्रो खेल खेल्नेछ । त्यस्तै, नेपालले ७ जुनमा थाइल्याण्डसँग चौथो खेल र ९ जुनमा मलेसियाविरुद्ध पाँचौँ तथा अन्तिम खेल्नेछ ।
छनोटको शीर्ष स्थानमा रहने टोली अर्को वर्ष दक्षिण अफ्रिकामा हुने यु–१९ विश्वकपमा छनोट हुनेछ । पहिलोपटक आयोजना हुन लागेको यु–१९ महिला विश्वकपमा १६ टोलीको सहभागिता रहनेछ ।
नेपाली टोली
कृतिका मरासनी (कप्तान), स्नेहा महरा (उपकप्तान), मनीषा उपाध्याय, एलिसा यादव (विकेटकिपर), साना प्रविन, सृष्टि जैसी, आस्मा पुलामी मगर, सानु राजवंशी, किरण कुँवर, रञ्जु श्रेष्ठ (विकेटकिपर), मनीषा राना मगर, अञ्जली विक, अनु कडायत र सुस्मिता भुसाल
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


