चितवनका विद्यालयमा हप्ताको दुई दिन बिदा

काठमाडौं, १३ जेठ । शिक्षा विकास तथा समन्वय इकाइ चितवनले शनिबार र आइतबार गरी हप्तामा दुई दिनसबै विद्यालयमा बिदा लागू गर्न निर्देशन दिएको छ ।
इकाइले स्थानीय तहका शिक्षा प्रमुख, नेपाल शिक्षक महासंघ चितवन एवं प्याब्सन चितवनको संयुक्त बैठकबाट हप्ताको दुई दिन बिदा कार्यन्वयन गर्ने/गराउने निर्णय भएको भन्दै विद्यालयमा पत्राचार गरेको छ ।
बिहीबार स्थानीय तहका शिक्षा शाखा प्रमुख, नेपाल शिक्षक महासंघ चितवन एवं प्याब्सन चितवनको संयुक्त बैठकले विद्यालय खुल्ने हप्ताको पाँच दिन साविक बमोजिम नै बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म विद्यालयमा पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको छ ।
त्यस्तै आइतबार सार्वजनिक बिदा दिएका कारण अपुग हुने पाठ्यघण्टा पूरा गर्न हिउँदे, वर्षे वा अन्य विदा कटौती गर्ने निर्णय पनि बैठकले गरेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


