चितवन, १३ जेठ । चितवनमा एक व्यक्तिले आफ्नी श्रीमतीमाथि अमानवीय व्यवहार देखाएका छन् ।

चितवनको खैरहनी नगरपालिका–१० स्थित मुसहरवस्तीका रामचन्द्र माझीले आफ्नी श्रीमतीको गुप्तांगमा हात हालेर पाठेघर बाहिर निकालिदिएका छन् ।

इलाका प्रहरी कार्यालय खैरहनीले दिएको जानकारी अनुसार घरायसी विवादका क्रममा माझीले बिहीबार राति श्रीमतीलाई कुटपिट गरेका थिए । कुटपिटका क्रममा कोठामा थुनेर श्रीमतीको पाठेघर बाहिर निकालिदिएका हुन् ।

घटनापछि प्रहरीले माझीलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ । घाइते महिलाको भरतपुर अस्तपालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।