टी–२० लिगमा सहभागी हुने फ्रेन्चाइज टोली खरिदका लागि टेन्डर आह्वान

काठमाडौं, १३ जेठ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–२० लिगमा सहभागी हुने फ्रेन्चाइज टोली खरिदका लागि टेन्डर आह्वान गरेको छ ।
आयोजक क्यानले शुक्रबार एक विज्ञप्ति निकाल्दै टोली खरिदका लागि टेन्डर आह्वान गरिएको जनाएको हो ।
भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्स कर्मसियल र रणनीतिक साझेदारीमा ८ असोजदेखि ५ कात्तिकसम्म आयोजना हुने प्रतियोगिताको पहिलो संस्करणमा ६ टोलीको सहभागिता रहनेछ ।
क्यानले आफ्नो आधिकारिक टी–२० प्रतियोगितामा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी–भैरहवा र फार वेस्टर्न नामलाई पक्का गरिसकेको छ ।
क्यानको मंगलबार बसेको बोर्ड बैठकले उक्त ६ वटा नामलाई अनुमोदन गरेको थियो । जसका लागि उसले टोली खरिद गर्न टेन्डर आह्वान गरेको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


