बिहीबार २१ नयाँ संक्रमित थपिए, १३ जना संक्रमणमुक्त

काठमाडौं, १२ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका २१ नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुमा ३ हजार ६२८ जनाको नमुना परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको हो ।
२ हजार २५ जनाको पीसीआर परीक्षण गर्दा १४ जनामा र १ हजार ६०३ जनाको एन्टिजेटन परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १३ जना संक्रमणमुक्त भएका छन् भने १२९ जना सक्रिय संक्रमित रहेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


