टिकटक स्टारको गोली हानी हत्या

एजेन्सी, १२ जेठ । जम्मु कश्मिरको बडगाम जिल्लामा टिकटक स्टार तथा टेलिभिजन कलाकारको गोली हानेर हत्या भएको छ ।
टिकटक स्टार ३५ वर्षीया अमरीन भाटलाई विद्रोहीले गोली हानी हत्या गरेका हुन् ।
आक्रमणमा महिलाका १० वर्षीया भतिजा पनि घाइते भएका छन् । लश्कर–ए–तैइबा (एलईटी) मा आवद्ध कार्यकर्ताले बुधबार साँझ उनको हत्या गरेको प्रहरीले जनाएको छ ।
‘विद्रोहीले करिब ७ बजेर ५५ मिनेट जाँदा अमरीन भाटलाई उनको घरमा गोली हानेका थिए । उनलाई घाइते अवस्थामा अस्पताल लगिएको थियो । अस्पताल लैजाने वित्तिकै चिकित्सकले उनलाई मृत घोषित गरे’, कश्मिर प्रहरीले भनेको छ ।
युवतीको हत्याबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


