काठमाडौं, ११ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका ५ नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुमा २ हजार ७१७ जनाको नमुना परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ९ जना संक्रमणमुक्त भएका छन् भने १२८ जना सक्रिय संक्रमित रहेका छन् ।