सरकारी अस्पतालमा जन्मिएका छोरीको जीवन बीमा गरिदिने दाहालको निर्णय

चितवन, ११ जेठ । अब भरतपुर महानगरपालिकामा कसैले सरकारी स्वास्थ्य संस्थामा छोरी जन्माएमा उसको जीवन बीमा महानगरले गर्ने भएको छ । भरतपुर महानगरपालिकाकी नवनिर्वाचत मेयर रेणु दाहालले यस्तो घोषणा गरेकी हुन् ।
दोस्रो पटक महानगरको प्रमुखमा निर्वाचित भएकी दाहालले बुधबार बिहान कार्यभार सम्हाल्दै छोरीको हकमा यस्तो निर्णय गरेकी छन् ।
दाहालका अनुसार सरकारी स्वास्थ्य संस्था तथा अस्पतालमा जन्मिएका छोरीको एक लाख बराबरको जीवन बीमा गरिने छ । १५ वर्षपछि उक्त रकम पाउने गरी बीमा गरिने पनि दाहालले बताइन् ।
महानगरबासी भएपछि देशका जुनसुकै सरकारी स्वास्थ्य संस्थामा जन्मिएको भएपनि उक्त सुविधा पाउने दाहालले जानकारी दिइन् ।
महानगरमा ७ हजार लिटरसम्म पानी प्रयोग गर्ने सबैको बिल महानगरले तिरिदिने पनि घोषणा दाहालले गरेकी हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


