काठमाडौं महानगरपालिकाको उपमेयरमा सुनिता डंगोल विजयी

काठमाडौं, ११ जेठ । काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल विजयी भएकी छन् ।
महानगरपालिकाको मतगणना नसकिँदै सुनिता उपमेयरमा विजयी भएकी हुन् ।
काठमाडौं महानगरपालिकामा १ लाख ६६ हजार ३१३ मतगणना सम्पन्न हुँदा उपमेयरमा डंगोलले ६० हजार ६७५ मत पाएकी छन् ।
उनको निकटतम् प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले २० हजार ६८६ मतमात्र पाएका छन् ।
अब २४ हजार ७७८ मतगणना हुन बाँकी रहँदा सुनिताको मतान्तर ३९ हजार ९८९ रहेको छ ।
यस्तै स्वतन्त्र उम्मेदवार बालेन्द्र साह जित नजिक रहेका छन् । साहले ५४ हजार २१३ मतसहित फराकिलो अग्रता कायम राखेका छन् ।
उनलाई काँग्रेस उम्मेदवार सिर्जना सिंहले ३४ हजार १८० मतका साथ पछ्याई रहेकी छन् भने नेकपा एमालेका उम्मेदवार केशव स्थापित ३३ हजार ६०९ मतसहित तेस्रो स्थानमा छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


