एजेन्सी, १० जेठ । क्यानडामा आँधीबाट १० जनाको ज्यान गएको छ । क्यानाडाको ओन्टरियो र क्वेबेकमा आँधी आएको बताइएको थियो ।

सो आँधीबाट आइतबार र सोमबार १० जनाको ज्यान गएको यहाँका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यहाँ प्रतिघन्टा १२० किलोमिटरको गतिमा आँधी आएको थियो । त्यस आँधीमा परेर यहाँका भौतिक संरचनाहरु पनि भत्किएका छन् ।

यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार आँधीमा परेर दशौँ हजार मानिस विद्युतविहीन भएर बसेका छन् । क्यानाडाको धेरै जनसंख्या भएको शहर मानिने ओन्टोरियोमा आँधीले रुखहरू ढालेको छ भने यहाँको विद्युत आपूर्तिमा पनि क्षति पु¥याएको बताइएको छ ।

ओन्टोरियाको विद्युतीय आपूर्ति बन्द हुँदा यहाँका कम्तीमा पनि ३ लाख ८० हजार जति नागरिक अँध्यारोमा परेका बताइएको छ ।

आँधीका कारण यहाँको जनजीवन नराम्ररी प्रभावित भएको बताइएको छ । यहाँ सन् १९९८ पछि यो पहिलो पटक आँधीले यति धेरै असर पारेको बताइएको छ ।