काठमाडौं, १० जेठ । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि सरकारले सहजीकरण गर्ने भएको छ ।

संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो बताएकी हुन् ।

’चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको बाँकी कामलाई टुंगोमा पु¥याउन समन्वय र सहजीकरण गरिने छ’ उनले भनिन् ।

नागरिकका लागि शारीरिक तथा मानसिक स्वास्थ्य सुधारका लागि खेलकुद शारीरिक व्यायाम योग तथा ध्यानको अभ्यास गर्न उत्प्रेरित गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।