एएफसी यु–२० एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा

काठमाडौं, १० जेठ । एएफसी यु–२० एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ ।
एएफसीले मंगलबार सार्वजनिक गरेको समूह विभाजनअनुसार समूह ‘बी’ मा नेपालसहित कतार, भुटान, बहराइन र बंगलादेश रहेका छन् । यो समूहको छनोट खेल बहराइनमा हुनेछ ।
एएफसीले छनोटका सहभागी ४४ टोलीलाई १० समूहमा विभाजन गरेको छ । छनोटबाट प्रत्येक समूहका विजेता तथा उत्कृष्ट पाँच उपविजेताले अर्को वर्ष उज्वेकिस्तानमा हुने यु–२० एसियन कपमा स्थान बनाउने छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


