८५ प्रतिशत नागरिकले लगाए कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा

काठमाडौं, १० जेठ । सरकारले करिव ८५ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाई सकिएको जनाएको छ ।
राष्ट्रपति विद्या भण्डारीले मंगलबार संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रममा सो तथ्यांक उल्लेख गरिएको हो ।
उनले भनिन्, ‘सरकारको कोभिड महामारीको नियन्त्रण, रोकथाम र उपचारका लागि हरसम्भव प्रयास गरेको छ । हालसम्म लक्षित जनसंख्याको करिव ९६ प्रतिशतलाई पहिलो र ८५ प्रतिशतलाई पूर्ण मात्रा खोप लगाई सकिएको छ । त्यसैगरी करिव ३८ लाख नागरिकलाई खोपको अतिरिक्त मात्रा लगाई सकिएको छ । स्वास्थ्य पूर्वाधार, औषधि, अक्सिजन, स्वास्थ्य सामग्री र जनशक्ति व्यवस्थापनमा तीनै तहका सरकारहरु परिचालित भएका छन ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


