काठमाडौं, १० जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना संक्रमणविरुद्धको उपचारका लागि सरकारले हरसम्भव प्रयास गरेको बताएकी छन् ।

मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले हालसम्म ९६ प्रतिशत लक्षित समुदायलाई कोरोनाविरुद्धको पहिलो खोप, ८५ प्रतिशत पूर्ण खोप लगाइसकिएको बताइन् । उनले करिब ३८ लाख नागरिकलाई खोपको अतिरिक्त मात्रा लगाइएको उनले बताएकी छन् ।