वीरगञ्जको मेयरमा राजेशमान सिंह निर्वाचित

पर्सा, १० जेठ । वीरगञ्ज महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट उम्मेदवार रहेका जसपाका नेता राजेशमान सिंह निर्वाचित भएका छन् ।
नेकपा एमालेका उम्मेदवार एवं निवर्तमान मेयर विजय सरावगीलाई २२ हजार ५ सय ४४ मतले हराउँदै उनी मेयरमा निर्वाचित भएका हुन् । विजयी राजेशमानले ४६ हजार २ सय १५ मत पाए ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सरावगीले २३ हजार १ सय ७१ मत मात्र प्राप्त गरे । राप्रपाका उम्मेदवार गिरिश गिरीले ३ हजार ३ सय १३ मत पाए ।
उपमेयरमा पनि गठबन्धनकै साझा उम्मेदवार इम्तियाज आलम विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी लोसपाका उम्मेदवार पुरुषोत्तमलाल झालाई तेब्बरभन्दा बढी मत अन्तरले पराजित गर्दै उनी उपमेयरमा विजयी भएका हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


