सुनसरी, ९ जेठ । धरान उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख हर्कराज साम्पाङ राईले शपथ ग्रहण गरेका छन् ।

उनलाई जिल्ला निर्वाचन प्रमुख अधिकृतसमेत सुनसरी जिल्ला अदालतका १ नम्बर न्यायाधीश कैलाश सुवेदीले शपथ ग्रहण गराएका हुन् ।

अब धरान प्रमुख साम्पाङले उपप्रमुखसहित वडाबाट निर्वाचित जनप्रतिनिधिलाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ । धरानमा मेयर, उपमेयरसहित १०२ जना जनप्रतिनिधि निर्वाचित भएका छन् ।

स्थानीय तहको निर्वाचनमा दलीय उम्मेदवारहरूलाई पराजित गर्दै विद्रोही स्वभावको पहिचान बनाएका साम्पाङ स्वतन्त्रबाट विजयी भएका हुन् ।