स्वतन्त्र उम्मेदवार साहलाई करिव ३ हजार मतको अग्रता, गठबन्धनका लालकिशोर चौथो स्थानमा

जनकपुरधाम, ९ जेठ । जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहको अग्रता सुरुदेखि नै बढिरहेको छ ।
ताजा मत परिणाम अनुसार मनोजले १२ हजार २८३ मत ल्याएर अग्रता कायम राखेका छन् । उनलाई एमालेका शिवशंकर साह हिराले ९ हजार ३०३ मत ल्याएर पछ्याइरहेका छन् ।
त्यस्तै, लोसपाका मनोज चौधरीले ५ हजार १६ मत पाएका छन् भने गठबन्धनको तर्फबाट जसपाका उम्मेदवार लालकिशोर साह ४ हजार ८०८ मत प्राप्त गरी चौथो स्थानमा पुगेका छन् ।
सुरुदेखि चौथो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार बलराम महतो ३ हजार ७३४ मत प्राप्त गरी पाँचौ स्थानमा पुगेका छन् ।
त्यस्तै, स्वतन्त्र उम्मेदवार जानकीराम साहले २ हजार २१ मत पाएका छन् । त्यस्तै, जनमतकी अनिता देवीले १ हजार ३७१ र तमलोपाकी बिभा ठाकुरले १ हजार १२१ मत प्राप्त गरेकी छन् ।
उपमेयरमा भने गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका किशोरी साहले १४ हजार ८३२, नेकपा एमालेकी रूणा झाले १० हजार ५३४, लोसपाकी रिताकुमारी मिश्रले ५ हजार २५४ र स्वतन्त्र उम्मेदवार निर्मल चौधरीले ३ हजार ३४५ मत ल्याएका छन् ।
जनकपुरधामको २५ वडामध्ये अब वडा नम्बर १४ र १५ को मतपरिणाम मात्र आउन बाँकी रहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


