काठमाडौं, ८ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका ६ नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरण अनुसार पीसीआर परीक्षणबाट ६ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार ६९६ पीसीआर र ५३० एन्टिजेन गरी कुल परीक्षण २ हजार २२६ भएको छ ।

१३ जना संक्रमणमुक्त हुँदा मृत्यु शून्य छ । अहिले देशभर कोरोना संक्रमितको संख्या १४१ मात्रै रहेको मन्त्रालयले जनाएको छ ।