एजेन्सी, ८ जेठ । थाइल्याण्डमा भएको प्रोफेसनल मुवाथाई फाइटमा नेपालका गुणराज रुचालले जित हासिल गरेका छन् ।

थाइल्याण्डको लुम्पिनी बक्सिङ रंगशालामा शनिबार भएको भिडन्तमा रुचालले म्यानमारका खेलाडीलाई पराजित गरेका हुन् ।

फेयर्टेक्स फाइट प्रमोसनको आयोजना भएको प्रतियोगितामा ६१ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका रुचालले म्यानमारका मनकोन यातितलाई पराजित गरे ।