काठमाडौं, ८ जेठ । गायक राजेश पायल राई र गायिका अस्मिता अधिकारीको युगल स्वरमा समावेश ‘तिम्रै नाम होस’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा शब्द अमेरिकाको ओहायो निवासी गीतकार गोपाल लोहारको रहेको छ ।

यस गीतलाई वरिष्ठ संगीतकार वसन्त सापकोटाले संगीतवद्ध गरेका हुन् भने संजिव बराइलीले संगीत संयोजन गरेका हुन् । प्रेम जीवनमा रमाइरहेका प्रेमिल जोडीहरुले एक अर्का प्रतिको प्रेम र सम्मानको भावनालाई भिडियोमा प्रस्तुत गरिएको छ ।

म्युजिक भिडियोमा स्वयं गायक राई र नायिका केकी अधिकारी फिचर्ड छन् । सुदीप बरालले छायाँकन गरेको यस भिडियोलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

भीमा लोहार निर्मात्री रहेको यस भिडियोलाई कविराज गहतराजको निर्देशनमा तयार पारिएको हो । गोलो प्रोडक्सनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो ।