काठमाडौं, ७ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका ११ नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरण अनुसार पीसीआर परीक्षणबाट ११ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार ८१९ पीसीआर र १ हजार २११ एन्टिजेन गरी कुल परीक्षण ३ हजार ३० भएको छ ।

१२ जना संक्रमणमुक्त हुँदा मृत्यु शून्य छ । अहिले देशभर कोरोना संक्रमितको संख्या १४४ मात्रै रहेको मन्त्रालयले जनाएको छ ।