एजेन्सी, ७ जेठ । मङ्कीपक्स गराउने भाइरस बिफर भाइरसकै वर्गमा पर्छ। यद्यपि यो कम गम्भीर र कम सङ्क्रामक रहेको विज्ञहरूले बताएका छन् ।

यो रोग प्रायः मध्य र पश्चिम अफ्रिकी देशहरूका उष्णतटीय वर्षावन नजिक रहेका दुर्गम भेगहरूमा पाइन्छ । त्यहाँ यो भाइरसका पश्चिम अफ्रिकी र मध्य अफ्रिकी गरी दुईवटा प्रकार छन् ।

यूकेमा फेला परेका दुईजना बिरामीहरू नाइजिरियाबाट आएका थिए । त्यसैले उनीहरू पश्चिम अफ्रिकी भाइरसबाट सङ्क्रमित भएको हुनसक्ने सम्भावना छ । त्यसले प्रायः मध्यम खालका असरहरू पार्छ। यद्यपि यो अझै पुष्टि भएको भने छैन ।

मङ्कीपक्स भाइरस सरेका तेस्रा व्यक्ति स्वास्थ्यकर्मी हुन् । उनलाई बिरामीबाट सङ्क्रमण सरेको थियो । भर्खरै फेला परेका चार सङ्क्रमितमध्ये तीन जना लन्डनमा र एक जना उत्तरपूर्वी इङ्ग्ल्यान्डमा छन् । तर उनीहरूको एकअर्कासँग सम्बन्ध छैन र उनीहरू देशबाहिर अन्यत्र गएका पन छैनन् । उनीहरूलाई यूकेमै सङ्क्रमण भएको देखिन्छ ।

यो कति खतरनाक छ ?

प्रायः यस भाइरसले मध्यम खालका असरहरू गर्छ । कहिलेकाहीँ यसका प्रभावहरू ठेउला हुँदा जस्तै देखिन्छन् र केही सातामै निको हुन्छ ।

यद्यपि यो भाइरसको सङ्क्रमण कहिलेकाहीँ निकै गम्भीर हुनसक्छ र मङ्कीपक्सका कारण पश्चिम अफ्रिकामा बिरामको मृत्यु भएको समेत पुष्टि भएको छ ।

यसको प्रकोप कति सामान्य ?

थुनेर राखिएको एउटा बाँदरमा यो भाइरस पहिलो पटक पहिचान गरिएको थियो । सन् १९७० देखि नै अफ्रिकाका १० वटा देशमा यो भाइरसका कारण प्रकोप निम्तिएको देखिएको छ ।

सन् २००३ मा अमेरिकामा यसको प्रकोप देखियो। मङ्कीपक्स अफ्रिकाबाहिर देखिएको त्यो पहिलो पटक थियो। त्यतिबेला देशमा आयातित विभिन्न साना स्तनधारी प्राणीबाट समथल भागमा पाइने कुकुरहरू सङ्क्रमित भएका थिए । कुकुरबाट मानिसलाई सङ्क्रमण सरेको थियो । कुल ८१ जनामा सङ्क्रमण देखिएको भए पनि कसैको उक्त भाइरसका कारण मृत्यु भएको थिएन ।

अभिलेखहरूका अनुसार सन् २०१७ मा नाइजिरियामा यसको सबैभन्दा ठूलो प्रकोप देखियो । त्यसअघि देशमा सङ्क्रमण पुष्टि भएको लगभग ४० वर्षपछि त्यहाँ नयाँ सङ्क्रमण देखिएको थियो ।

त्यहाँ १७२ जनामा मङ्कीपक्स देखिएको अनुमान थियो । तीमध्ये ७५ प्रतिशत सङ्क्रमितहरू २१ देखि ४० वर्ष उमेर समूहका पुरुष थिए ।

उपचार के हो ?

मङ्कीपक्सको अहिलेसम्म कुनै उपचार छैन । तर सङ्क्रमण रोकथाम र प्रकोप नियन्त्रण गर्न सकिन्छ । त्यतिबेला देशमा आयातित विभिन्न साना स्तनधारी प्राणीबाट समथल भागमा पाइने कुकुरहरू सङ्क्रमित भएका थिए । कुकुरबाट मानिसलाई सङ्क्रमण सरेको थियो । कुल ८१ जनामा सङ्क्रमण देखिएको भए पनि कसैको उक्त भाइरसका कारण मृत्यु भएको थिएन ।

अभिलेखहरूका अनुसार सन् २०१७ मा नाइजिरियामा यसको सबैभन्दा ठूलो प्रकोप देखियो । त्यसअघि देशमा सङ्क्रमण पुष्टि भएको लगभग ४० वर्षपछि त्यहाँ नयाँ सङ्क्रमण देखिएको थियो । त्यहाँ १७२ जनामा मङ्कीपक्स देखिएको अनुमान थियो । तीमध्ये ७५ प्रतिशत सङ्क्रमितहरू २१ देखि ४० वर्ष उमेर समूहका पुरुष थिए ।

बीबीसीबाट