डाक्टरको अगाडि बिरामी रोएपछि ४० डलर चार्ज तिराइयो

एजेन्सी, ७ जेठ । अमेरिकामा एक अनौठो घटना भएको छ । न्यूयोर्ककी एक व्यक्तिलाई उपचार गर्न जाँदा डाक्टरले रोएको पनि चार्ज लिएका छन् । त्यो पनि कम होइन झण्डै ५ हजार नेपाली रुपैयाँ बराबर । ती युवतीकी दिदीले सामाजिक सञ्जालमार्फत गुनासो गरेकी छन् ।
युट्युब च्यानल तथा सामाजिक सञ्जालमा लोकप्रिय रहेकी २५ वर्षीया क्यामिल्ली जोनसनले अस्पतालको बिल सामाजिक सञ्जालमा सेयर गरेकी छन् ।
ट्वीटरमा सेयर गरिएको उत्त बिलसँग क्याप्सनमा उनले लेखेकी छिन्–‘मेरी बहिनी कठिन स्वास्थ्य अवस्थासँग जुधिरहेकी छ, यसै कारण उनी डाक्टर कहाँ जानुप¥यो । उनी रोएकोमा उनीहरुले ४० डलर चार्ज लिए ।’
क्यामिल्लीले बिलमा रोयबापत लिएको चार्जलाई हाइलाइट गरेकी छन् । जसमा ब्रीफ इमोशनल तथा बीह्याव एएसएसएमटी’ लेखिएको छ ।
बहिनी एक दुलर्भ रोगबाट बिरामी रहेकाले उनी निराश र भावुक हुने गरेको क्यामिल्लीको भनाइ छ ।
‘उनी किन रोइन्, उनलाई केही मद्दतको आवश्यकता छ कि भन्ने नसोधिकन एउटा आँसुको उनीहरुले ४० डलर चार्ज लगाए’ उनको गुनासो छ ।
उनीहरुले हेमोग्लोबिन परीक्षण, आँखाको दृष्टिको अवस्थाको परीक्षण, स्वास्थ्य जोखिमको मूल्यांकनको भन्दा रोएको बढी चार्ज लगाएको जानकारी उनले दिएकी छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


