श्रीलंकामा दुई सातापछि संकटकाल हटाइयो

एजेन्सी, ७ जेठ । आर्थिक र राजनीतिक संकट सामना गरिरहेको श्रीलंकामा संकटकाल हटाइएको छ ।
झण्डै दुई सातापछि संकटकाल हटाएको हो । सरकारविरोधी प्रदर्शनबीच श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले ६ मेमा मध्यरातदेखि लागू हुने गरी आपतकालको घोषणा गरेका थिए । राजापाक्षेले एक महिनामा दोस्रो पटक आपतकाल घोषणा गरेका थिए ।
शुक्रबार मध्यरातबाट लागू हुने गरी आपतकाल हटाइएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


