आश्विन नायक बन्दा दोस्रो स्थानमा उक्लियो राजस्थान

एजेन्सी, ७ जेठ । अन्तिम ओभरमा रविचन्द्रन आश्विनको द्रुत ४० रनले राजस्थान रोयल्सलाई आईपीएलको अन्तिम लिग खेलमा चेन्नई सुपर किंग्सलाई हराएर अंक तालिकामा दोस्रो स्थानमा आउन मद्दत गर्यो । योसँगै लखनउ अब तेस्रो नम्बरमा आएको छ र उसले क्वालिफायरको सट्टा एलिमिनेटर खेल खेल्नुपर्नेछ ।
मोइन अलीको ९३ र कप्तान धोनीको २६ रनको सहयोगमा चेन्नईले टस जितेर पहिले ब्याटिङ गर्दै १५० रन बनाएको थियो । जवाफमा राजस्थानले यशस्वी जैसवालको ५९ र रविचन्द्रन आश्विनको अविजित ४० रनको मद्दतमा चेन्नईलाई दुई बल बाँकी रहँदा पाँच विकेटले पराजित गर्यो । अश्विनले २३ बलमा दुई चौका र तीन छक्का प्रहार गर्दै अविजित ४० रन बनाए ।
अहिले राजस्थान र लखनउको अंक तालिकामा समान १८ अंक छ । तर राजस्थानको नेट रन रेट (०.२९८) लखनउ (०.२५१) को तुलनामा राम्रो छ । यस आधारमा टोली अंक तालिकामा गुजरातपछि दोस्रो स्थानमा रहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


