आइपिएलमा मुम्बईलाई समर्थन गर्दै आरसिबीले लेख्यो पत्र

एजेन्सी, ७ जेठ । १५ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत समूह चरणको अन्तिम खेलमा मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा गर्दैछन् ।
खेलअघि आइपिएलकै अर्काे टोली रोयल्स च्यालेन्जर्स बैंग्लोर (आरसिबी) ले मुम्बईलाई समर्थन गरेको छ ।
बैंग्लोरले सामाजिक सञ्जालमार्फत राम्रो प्रदर्शनका लागि हौसला प्रदान गर्न पत्र लेख्दै मुम्बईलाई समर्थन गरेको जनाएको हो ।
पत्रमा लेखिएको छ–प्रिय मुम्बई इन्डियन्स, बैंग्लोरको पूरा टोली एक परिवारले जस्तै तिमीलाई समर्थन गर्छ । दिल्लीविरुद्ध उत्कृष्ट प्रदर्शन गर्नु ।
यदी आजको खेलमा मुम्बईले जित हात पारे बैंग्लोरले प्ले अफमा स्थान बनाउनेछ भने हार बेहोरेको खण्डमा दिल्ली प्ले अफमा पुग्नेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


