जनकपुरधाम, ७ जेठ । जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहको अग्रता सुरुदेखि नै बढिरहेको छ ।

ताजा मत परिणाम अनुसार मनोजले ९ हजार १९४ मत ल्याएर अग्रता कायम राखेका छन् । उनलाई एमालेका शिवशंकर साह हिराले ७ हजार १९३ मत ल्याएर पछ्याइरहेका छन् ।

त्यस्तै, लोसपाका उम्मेदवार मनोज चौधरीले ३ हजार ५९५ मत पाएका छन् भने गठबन्धनका उम्मेदवार लालकिशोर साहलाई ३ हजार ३०१ मत प्राप्त भएको छ ।

सुरुदेखि चौथो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार बलराम महतोले ३ हजार २२ मत प्राप्त गरी पाँचौ स्थानमा पुगेका छन् ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार जानकीराम साहले १ हजार ४८९ मत पाएका छन् । त्यस्तै, जनमतकी अनिता देवीले ९८९ र तमलोपाकी बिभा ठाकुरले ९०० मत प्राप्त गरेकी छन् ।

उपमेयरमा भने गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका किशोरी साहले १० हजार ६४०, नेकपा एमालेकी रूणा झाले ८ हजार १४३, लोसपाकी रिताकुमारी मिश्रले ३ हजार ६३९ र स्वतन्त्र उम्मेदवार निर्मल चौधरीले २ हजार ८५१ मत ल्याएका छन् ।