‘नेपाल फेशननिस्टा २०२२’ सम्पन्न

काठमाडौं, ६ जेठ । ‘नेपाल फेशननिस्टा २०२२’ आयोजना भएको छ । एएसएपी इन्टरटेन्मेन्टको आयोजनामा पोखरमा सम्पन्न कार्यक्रममा सेलिब्रेटी र्याम्पमा देखिएका छन् ।
नेपालको मौलिकता जोगाउने उदेश्यले आयोजित कार्यक्रममा दीपक घिमिरे, दिक्पाल कार्की, सन्तोष अधिकारी, एन्जल श्रेष्ठलगायत सेलिब्रेटी र्याम्पमा प्रस्तुत भएका हुन् । कार्यक्रममा विभिन्न समुदायका पहिरन समेत प्रस्तुत गरिएको थियो ।
‘नेपाल फेशननिस्टा २०२२’को कोरियोग्राफीमा दिक्पाल कार्कीले गरेका थिए । सम्झना गुरुङ, रविन परियार, तृष्णा गुरुङ र दुर्गा बिस्ट डिजाइनरका फेसन र्याम्पमा प्रस्तुत भएका थिए ।
कार्यक्रममा गायक बादल थापा मगर र गायिका ममता गुरुङको प्रस्तुति रहेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


