‘तिम्रै नाम होस’ मा राजेश पायलसँग केकीको रोमान्स

काठमाडौं, ६ जेठ । गायिका अस्मिता अधिकारी र गायक राजेश पायल राईको स्वर रहेको गीत ‘तिम्रै नाम होस’ सार्वजनिक भएको छ ।
गोपाल लोहारको शब्द तथा वसन्त सापकोटाको संगीत रहेको गीतको संजिव बराइलीले संगीत संयोजन गरेका हुन् ।
गीतको भिडियोमा गायक राजेश पायल राई र अभिनेत्री केकी अधिकारीको अभिनय देख्न सकिन्छ । भिडियोमा दुबैको प्रेम र रोमान्स देखाउन खोजिएको छ ।
सुदिप बरालले छायांकन र अर्जुन जिसीको सम्पादन रहेको भिडियो कविराज गहतराजले निर्देशन गरेका हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


