शुक्रबार ११ नयाँ संक्रमित थपिए, १२ जना संक्रमणमुक्त

काठमाडौं, ६ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका ११ नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरण अनुसार पीसीआर परीक्षणबाट ११ जनामा कोरोना पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार २४ घण्टामा ३ हजार ३०० पीसीआर र ५७४ एन्टिजेन गरी कुल परीक्षण २ हजार ८७४ भएको छ ।
१२ जना संक्रमणमुक्त हुँदा मृत्यु शून्य छ । अहिले देशभर कोरोना संक्रमितको संख्या १४९ मात्रै रहेको मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


