स्वास्थ्य मन्त्रालयको जिम्मेवारी प्रेम आलेलाई

काठमाडौं, ६ जेठ । स्वास्थ्य मन्त्री विरोध खतिवडा विदेश भ्रमणमा गएका छन् । मन्त्री खतिवडा विश्व स्वास्थ्य संगठनको ७५औं महासभामा भाग लिन स्वीजरल्याण्डको जेनेभा गएका हुन् ।
खतिवडा जेनेभा गएपछि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पर्यटन, संस्कृती तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेले पाएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आलेलाई स्वास्थ्य मन्त्रीको जिम्मेवारी दिएका हुन् । खतिवडा नफर्किएसम्म आलेले पर्यटन, संस्कृती तथा नागरिक उड्ययनसहित स्वास्थ्य मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्ने छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


