गाउँपालिका अध्यक्षले आफ्नो तलब, भत्ताबाट एक जनालाई डाक्टर पढाउने

सोलुखुम्बु, ६ जेठ । सोलुखुम्बुका एक नव निर्वाचित जनप्रतिनिधिले आफूले राज्यबाट पाउने सेवा–सुविधा नलिने घोषणा गरेका छन् ।
थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले आफूलाई पाउने तलब भत्ताले गाउँपालिकाभित्रका एक जेहनदार विद्यार्थीलाई एमबीबीएस पढाउने घोषणा गरेका हुन् ।
शुक्रबार पदभार ग्रहण गरेपछि राईले गाउँपालिका अध्यक्षको रुपमा प्राप्त हुने सबै सेवा सुबिधा गाउँपालिका भित्रका गरिब तथा जेहनदार विद्यार्थी एमबीबीएस पढाउन खर्च गर्ने जानकारी दिए ।
माओवादी केन्द्रबाट निर्वाचित भएका राईको यो दोस्रो कार्यकाल हो । उनी यसअघि पनि गाउँपालिका अध्यक्ष थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


