एजेन्सी, ६ जेठ । कांग्रेस नेता तथा पञ्जाब कांग्रेसका पूर्व अध्यक्ष नवजोत सिंह सिद्धूले पटियालाको अदालतमा समर्पण गरेका छन् ।

बिहिबार सर्वोच्च अदालतले सन् १९८८ को रोड रेज मामिलामा उनलाई एक वर्षको सजाय सुनाइएको छ ।

नवजोत सिंह सिद्धूका मिडिया सल्लाहकार सुरिन्दर डल्लाले पत्रकारसँगको कुराकानीमा सिद्धूले मुख्य न्यायिक मजिस्ट्रेटको सामू आत्मसमर्पण गरेका छन् । अब उनको मेडिकल अनुसन्धान हुनेछ र अन्य प्रक्रिया पूरा गरिनेछ ।

यो मामिलामा सर्वोच्च अदालतमा पुनर्विचार याचिका दर्ता गरिएको थियो । यो मामिला करिब तीन दशकभन्दा पनि पुरानो हो । पीडित परिवारले यो मामिलामा सर्वोच्च अदालतको सन् २०१८ को निर्णयविरुद्ध पुनर्विचार याचिका दर्ता गरेका थिए ।