धनुषाको गणेशमानमा कांग्रेसका मेयर र उपमेयर निर्वाचित, निवर्तमान मेयरले जमानत समेत जोगाउन सकेनन्

जनकपुरधाम, ६ जेठ । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा नेपाली कांग्रेसका मेयर र उपमेयर निर्वाचित भएका छन् ।
मेयरमा कांग्रेसका जित नारायण यादव ३ हजार १०८ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका रामचलितर यादवले २ हजार ७६० मत ल्याएका छन् भने राप्रपाका जेकसन हमाल ठकुरीले २ हजार ६७० मत पाएका छन् ।
त्यस्तै, निवर्तमान मेयर रामबाबु यादव १ हजार ३२३ मत ल्याएर छैठौं स्थानमा रहेका छन् । जसपाले टिकट नदिएपछि लोसपामा प्रवेश गरेका निवर्तमान मेयर यादवले आफ्नो जमानत समेत जोगाउन सकेनन् ।
यस्तै उपमेयरमा नेपाली कांग्रेसकी तुलसा कुमारी पाण्डेय निर्वाचित भएकी छन् । उनले ३ हजार २८३ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी जसपा नेपालकी गणिता कुमारी महतोले २ हजार ४२९ मत ल्याएकी हुन् ।
त्यस्तै, नेकपा माओवादी केन्द्रकी श्रीविन्दु मास्केले २ हजार २६६ मत पाएकी छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


