मतपेटिका लुटेर भाग्न खोज्ने व्यक्ति पक्राउ

रौतहट, ६ जेठ । रौतहटमा मतदानको दिन मतपेटिका लुटेर भाग्न खोज्ने एकजना पक्राउ परेका छन् ।
जिल्लाको यमुनामाई–२ स्थित श्री मावि भेडियाहीमा अवस्थित मतदान केन्द्रबाट मतपेटिका खोसेर फरार भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका व्यक्ति स्थानीय ४६ वर्षीय चन्देश्वर बैठा रहेको प्रहरीले जनाएको छ । उनलाई घरमै लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
स्थानीय तह निर्वाचनको मतदानका क्रममा बैठा हुलसहित मतदान केन्द्रमा प्रवेश गरेका थिए । मतपेटिका लुटेर भाग्दै गर्दा प्रहरीले गोलि फायर गरेपछि उनीहरुले मतपेटिका छाडेर भागेका थिए ।
बैठालाई निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कानुनी कारवाहीका लागि जिल्ला अदालत रौतहटबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


