स्वतन्त्र उम्मेदवार साहलाई २२ सय मतको अग्रता, गठबन्धनका साह पाँचौ स्थानमा यथावत

जनकपुरधाम, ६ जेठ । जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहको अग्रता सुरुदेखि नै बढिरहेको छ ।
ताजा मत परिणाम अनुसार मनोजले ७ हजार २६९ मत ल्याएर अग्रता कायम राखेका छन् । उनलाई एमालेका शिवशंकर साह हिराले ५ हजार ३१ मत ल्याएर पछ्याइरहेका छन् ।
त्यस्तै, लोसपाका उम्मेदवार मनोज चौधरीले २ हजार ७६५ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार बलराम महतोले २ हजार २९८ मत ल्याएका छन् ।
त्यस्तै, गठबन्धनका उम्मेदवार लालकिशोर साहलाई १ हजार ९५० मत प्राप्त भएको छ भने स्वतन्त्र उम्मेदवार जानकीराम साहले १ हजार २३४ मत पाएका छन् । त्यस्तै, जनमतकी अनिता देवीले ८५५ र तमलोपाकी बिभा ठाकुरले ७८८ मत प्राप्त गरेकी छन् ।
उपमेयरमा भने गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका किशोरी साहले ८ हजार ५०८, नेकपा एमालेकी रूणा झाले ५ हजार ७६०, लोसपाकी रिताकुमारी मिश्रले २ हजार ७५८ र स्वतन्त्र उम्मेदवार निर्मल चौधरीले २ हजार २८२ मत ल्याएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


