जनकपुरधाम, ६ जेठ । धनुषाको मिथिला नगरपालिकामा नेपाली कांग्रेसका मेयर र नेकपा एमालेका उपमेयर निर्वाचित भएका छन् ।

मेयरमा महेन्द्र महतो ७ हजार ३१ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजाराम महतोले ६ हजार ९४० मत ल्याएका छन् भने नेकपा एकीकृत समाजवादीका सूर्य प्रसाद पुडासैनीले ३ हजार ९०३ मत पाएका छन् ।

यस्तै उपमेयरमा नेकपा एमालेकी सुनिता सिंह बुढाथोकी निर्वाचित भएकी छन् । उनले ७ हजार ४१४ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी निर्मला कोइरालाले ६ हजार ७३५ मत ल्याएकी छन् । त्यस्तै, नेकपा एकीकृत समाजवादीकी कविता कुमारी सिन्हाले ३ हजार ८६२ मत पाएकी छन् ।