निधिको गृहपालिकामा कांग्रेसका मेयर र एमालेका उपमेयर निर्वाचित

जनकपुरधाम, ६ जेठ । नेपाली कांग्रेसका पूर्वसभापति विमलेन्द्र निधिको गृहपालिका धनुषाको नगराइन नगरपालिकामा नेपाली कांग्रेसका मेयर र नेकपा एमालेका उपमेयर निर्वाचित भएका छन् ।
मेयरमा कांग्रेसका विनयकुमार यादव ५ हजार ५५६ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामबाबु पंजियार ५ हजार ५१४ मत ल्याएका छन् ।
त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका राजेश चौधरीले २ हजार ७५८ मत पाएका छन् ।
यस्तै उपमेयरमा नेकपा एमालेकी राधा देवी यादव निर्वाचित भएकी छन् । उनले ५ हजार ७३० मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी रंजु कुमारी साहले ५ हजार ५२३ मत ल्याएकी हुन् ।
त्यस्तै, लोसपाकी उर्मिला देवी मण्डलले १ हजार ९३३ मत पाएकी छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


