महोत्तरी, ५ जेठ । महोत्तरीको बर्दिबास नगरपालिकाको नगरप्रमुख र उपप्रमुख पदमा स्वतन्त्र उम्मेदवारहरुले जित हासिल गरेका छन् ।

बर्दिबास नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार प्रहलाद कुमार क्षेत्री र उपमेयरमा तारादेवी निर्वाचित भएका छन् ।

क्षेत्री १४ हजार २१० मत प्राप्त गरी निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका राजु खड्काले ८ हजार ३२३ मत पाएका छन् । त्यस्तै, नेकपा एमालेका टेक बहादुर बलम्पाकीले ३ हजार ५२६ र नेपाली कांग्रेसका चिरंजीवी हमालले १ हजार २६३ मत ल्याएका छन् ।

उपमेयरमा स्वतन्त्र उम्मेदवार तारा देवी ९ हजार ७३६ मत प्राप्त गरी निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी कृष्ण माया गौतमले ८ हजार १८५, नेकपा एमालेकी दुर्गा कुमारी दहालले ४ हजार ८०३ र नेपाली कांग्रेसकी अमिना कुमारी महतोले १ हजार ७८५ मत प्राप्त गरेकी हुन् ।