जनकपुरधाम, ५ जेठ । जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहको अग्रता सुरुदेखि नै बढिरहेको छ ।

ताजा मत परिणाम अनुसार मनोजले ५ हजार ९०७ मत ल्याएर अग्रता कायम राखेका छन् । उनलाई एमालेका शिवशंकर साह हिराले ३ हजार ९६७ मत ल्याएर पछ्याइरहेका छन् ।

त्यस्तै, लोसपाका उम्मेदवार मनोज चौधरीले २ हजार ५७० मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार बलराम महतोले १ हजार ८६६ मत ल्याएका छन् ।

त्यस्तै, गठबन्धनका उम्मेदवार लालकिशोर साहलाई १ हजार ७३४ मत प्राप्त भएको छ भने स्वतन्त्र उम्मेदवार जानकीराम साहले १ हजार १०८ मत पाएका छन् । त्यस्तै, जनमतकी अनिता देवीले ७८३ र तमलोपाकी बिभा ठाकुरले ७६२ मत प्राप्त गरेकी छन् ।

उपमेयरमा भने गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका किशोरी साहले ६ हजार ५३५, नेकपा एमालेकी रूणा झाले ४ हजार ५०५, लोसपाकी रिताकुमारी मिश्रले २ हजार ६२९ र स्वतन्त्र उम्मेदवार निर्मल चौधरीले २ हजार १२ मत ल्याएका छन् ।