एजेन्सी, ५ जेठ । अस्ट्रेलियाको बेरोजगारी दर ४८ वर्षयताकै सबैभन्दा न्यून रहेको छ । संघीय चुनावको दुई दिनअघि सरकारले देशमा बेरोजगार दर न्यून भएको तथ्यांक सार्वजनिक भएको हो ।

बेरोजगारी दर अप्रिलमा ३ दशमलव ८५ प्रतिशतमा झरेको आधिकारिक तथ्यांक निकायले जनाएको छ । यो दर सन् १९७४ पछिको अहिसम्मकै थोरै हो ।

अस्ट्रेलियाको अर्थतन्त्रले अप्रिलमा थप ९२ हजार ४ सय पूर्णकालीन रोजगारी सिर्जना गरेको अस्ट्रेलियाको तथ्यांक ब्युरोले जनाएको छ ।

यो अघिल्लो महिनाको तुलनामा ३ दशमलव ९३ प्रतिशतले कमी हो ।