इण्डोनेशियाले पाम ओयलको निर्यातमा लगाएको प्रतिबन्ध हटायो

एजेन्सी, ५ जेठ । विश्वको सबैभन्दा ठूलो पाम ओयल निर्यातक मुलुक इण्डोनेशियाले तिनको निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ ।
यो कदमले युक्रेन युद्धपछि खाद्य आपूर्तिमा देखिएको कठिनाइलाई केही सहज बनाउने आशा बढाएको छ ।
पाम ओयलमाथि लागु निर्यात प्रतिबन्ध मे २३ बाट हटाइने राष्ट्रपति जोको विडोडोले विहिबार बताए। स्थानीय आपुर्ति र मुल्यमा आएको सुधारलाई मध्यनजर गरेर यो कदम उठाइएको जोकोले बताए ।
इण्डोनेशियाले गत अप्रिल २८ मा पाम ओयलको निर्यातमा प्रतिबन्ध लगाएको थियो। इण्डोनेशियाको कदमलाई युक्रेनमाथिको रुसी आक्रमणपछि सबैभन्दा ठूलो खाद्य संरक्षणवादी कदमको रुपमा हेरिएको थियो ।
युक्रेन युद्धमा फस्दा त्यहाँ उत्पादन हुने सूर्यमुखी तेल बजार पुग्न सकेको छैन । यसले बजारमा सूर्यमुखी तेलको अभाव छ। पाम ओयलको निर्यात रोकिएपछि आफूहरुको आय घटेको विरोधमा सयौं किसानहरु प्रदर्शनमा उत्रिएपछि सरकारले यो कदम लिएको बताइन्छ ।
किसानहरुले निर्यात प्रतिबन्धले आफूहरुको आय घटेको बताएका थिए ।
ब्लूमवर्गबाट
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


