बिहीबार १२ नयाँ संक्रमित थपिए, ९ जना संक्रमणमुक्त

काठमाडौं, ५ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा १२ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५८० जनाको पीसीआर परीक्षण गर्दा १२ र १ हजार ४७ जनाको एन्टीजेन परीक्षण गर्दा शून्य जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन भने ९ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार २४७ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ । त्यस्तै, ९ लाख ६६ हजार ९३८ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर १५० जना सक्रिय संक्रमित रहेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


