यी हुन् नेकपा एमालेको तर्फबाट निर्वाचित स्वास्थ्यकर्मीहरु

काठमाडौं, ५ जेठ । स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट उम्मेदवार रहेका ११ जना स्वास्थ्यकर्मीले विजयी हासिल गरेका छन् । निर्वाचनमा नगर प्रमुखदेखि वडा अध्यक्षसम्म स्वास्थ्यकर्मीहरुको जीत भएको छ ।
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका अनुसार हालसम्म ११ जना निर्वाचित भएका छन् । चुनावमा ३३ जना स्वास्थ्यकर्मीले उम्मेदवारी दिएका थिए । केही स्थानको नतिजा आउन बाँकी रहेको छ ।
बैशाख ३० गते स्थानीय तहको निर्वाचन भएको थियो । मतगणना अहिले पनि चलिरहेको छ ।
निर्वाचित भएका उम्मेदवारहरु :
१ जीवन खरेल, मेयर मुसिकोट नगरपालिका, गुल्मी ।
२.जोगराम चौधरी, उपमेयर बेलौरी नगरपालिका कञ्चनपुर ।
३.पुनम कुमारी चौधरी, दुहबी नगरपालिका १ सुनसरी ।
४.यमबहादुर चिदी मगर, अध्यक्ष माथागढी गाँउपालिका पाल्पा ।
५. बिष्णुमाया लुञ्चे मगर, उपाध्यक्ष माथागढी गाँउपालिका पाल्पा ।
६. मिना शर्मा तिवारी, उपाध्यक्ष बिहादी गाउँपालिका, पर्बत ।
७. जुना थापा उपाध्यक्ष माङ्दी गाँउपालिका लमजुङ ।
८. तिलक मिश्र, वडाअध्यक्ष मालारानी ५ अर्घाखाँची ।
९.कुबेर भट्टराई, वडा अध्यक्ष दमक ।
१०.कृष्णबहादुर रानाभाट, वडाअध्यक्ष राईनास नगरपालिका ८ लमजुङ ।
११ शंकर पाण्डे वडा अध्यक्ष छत्रदेव गाँउपालिका २ अर्घाखाँची ।
यसैगरी नेकपा एमालेकै तर्फबाट बुढानिलकण्ठ नगरपालिकाको उपप्रमुखमा अनिता लामा विजयी भएकी छन् । नेपाल मेडिकल काउन्सिलमा १७ वर्षेदेखि काम गर्दै आएकी लामाले बुढानिलकण्ठको उपप्रमुख पदमा उम्मेदवारी दिन बैशाख ९ गते राजीनामा दिएकी थिइन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


