काठमाडौं, ५ जेठ । अघिल्लो दिन काठमाडौं जिल्लामा मात्रै देखिएको कोरोना संक्रमित आज बढेर ५ जिल्लामा देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ जनालाई संक्रमण पुष्टि भएको छ भने ९ जना संक्रमणमुक्त भएका छन् ।

३६ सय २७ जनाको नमुना परीक्षण भएको थियो । आज संक्रमण पुष्टि भएका जिल्लाहरुमा काठमाडौं,तेरह्थुम, महोत्तरी, मकवानपुर र ललितपुर रहेका छन् ।

अहिले सक्रिय संक्रमित १५० जना छन् । उनीहरु सबै होम आइसोलेसनमा रहेका छन् ।