यु–२० पुरुष साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौं, ५ जेठ । यु–२० पुरुष साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । दक्षिण एसियाली फुटबल महासंघले ९–२० साउनसम्म भारतमा आयोजना हुने प्रतियोगिताको मिति र तालिका सार्वजनिक गरेको हो ।
तालिकाअनुसार नेपालले उद्घाटन खेलमा माल्दिभ्सको सामना गर्नेछ । खेल ९ गते हुनेछ । प्रतियोगिताको सबै खेल भुवनेश्वरस्थित कालिंगा रंगशालामा हुने साफले जनाएको छ ।
यस्तै, नेपालले दोस्रो खेलमा ११ गते श्रीलंकाको सामना गर्नेछ । यस्तै, १४ गते भारत र १७ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।
यस्तै, फाइनल खेल २० गते हुनेछ । सिंगल राउण्ड रोविनको आधारमा हुने तालिकाको शीर्ष स्थानमा रहने दुई टोलीले फाइनल खेल्नेछन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


