जनकपुरधाममा साहलाई १९ सय बढि मतको अग्रता, गठबन्धनका लालकिशोर पाँचौ स्थानमा

जनकपुरधाम, ५ जेठ । जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहको अग्रता कायमै रहेको छ ।
ताजा मत परिणाम अनुसार मनोजले ५ हजार ४४८ मत ल्याएर अग्रता कायम राखेका छन् । उनलाई एमालेका शिवशंकर साह हिराले ३ हजार ४९७ मत ल्याएर पछ्याइरहेका छन् ।
त्यस्तै, लोसपाका उम्मेदवार मनोज चौधरीले २ हजार ३४० मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार बलराम महतोले १ हजार ५८९ मत ल्याएका छन् ।
त्यस्तै, गठबन्धनका उम्मेदवार लालकिशोर साहलाई १ हजार ५५६ मत प्राप्त भएको छ भने स्वतन्त्र उम्मेदवार जानकीराम साहले १ हजार ३२ मत पाएका छन् । त्यस्तै, जनमतकी अनिता देवीले ६७१ र तमलोपाकी बिभा ठाकुरले ६६१ मत प्राप्त गरेकी छन् ।
उपमेयरमा भने गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका किशोरी साहले ६ हजार १०१, नेकपा एमालेकी रूणा झाले ३ हजार ८७६, लोसपाकी रिताकुमारी मिश्रले २ हजार ४१२ र स्वतन्त्र उम्मेदवार निर्मल चौधरीले १ हजार ७९३ मत ल्याएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


