जनकपुरधाम, ५ जेठ । धनुषाको धनुषाधाम नगरपालिकामा नेपाली कांग्रेसका मेयर र उपमेयर निर्वाचित भएका छन् ।

मेयरमा बालेश्वर मण्डल निर्वाचित भएका हुन् । उनले ४ हजार ७१८ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका योग कुमार यादवले ४ हजार १७९ मत ल्याए ।

यस्तै उपमेयरमा कांग्रेसकै विद्या देवी भुजेल निर्वाचित भएकी छन् । उनले ४ हजार १२५ मत ल्याइन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी शान्ति देवी सुडीनले ३ हजार ६०३ मत ल्याइन् ।