काठमाडौं, ४ जेठ । अहिले देशभर १४७ जना सक्रिय संक्रमित छन् । उनीहरु सबैजना होम आइसोलेसनमा छन् ।

यस्तै गत २४ घण्टामा ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८५६ जनाको पीसीआर र ६१७ जनाको एन्टीजेन गरि ३ हजार ४३७ जनाको परीक्षण भएको छ ।

एन्टीजेन परीक्षणमा कसैलाई पनि संक्रमण पुष्टि भएन । आज संक्रमण पुष्टि भएको ६ जनानै काठमाडौंका रहेका छन् । पछिल्लो २४ घण्टामा ८ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन ।

नेपालमा हाल सम्म ११ लाख १९ हजार २३७ जनामा संक्रमण पुष्टि भएको छ जसमध्ये ११ हजार ९५२ जनाको मृत्यु भएको छ ।